ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’को ‘यो के हो’ बोलको गीतलाई गायक कोशिस क्षेत्रीले आफ्नै शैलीमा निर्माण गरेका छन् । गीतको भिडियोमा कोशिस क्षेत्री देखिएका छन् भने चलचित्रका कलाकार आर्यन सिग्देल र प्रियंका कार्की पनि गीतमा फिचरिङ छन् ।
खासमा यो गीत चलचित्र क्लासिकमा समाबेश छ तर यसलाई गायक क्षेत्रीले केहि फरक शैलीमा तयार पारेका हुन् । चलचित्र क्लासिकमा समाबेश यो गीतमा आवाज पनि कोशिसले नै दिएका हुन् भने गीतमा दयाराम पाण्डेको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । अहिले चलचित्र क्लासिक तेस्रो हप्तामा सफलतापूर्वक चलिरहेको छ ।
तेस्रो हप्तामा पनि दर्शकहरुको उल्लेख्य साथ देखेर अहिले चलचित्र यूनिट प्रफुल्ल देखिएको छ । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् । चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
भिडियो: