ब्लड क्यान्सर पिडीत बालिकालाई ‘भाग् सानी भाग्’को आर्थिक सहयोग



bhag-sani-bhang-arthik-help
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाग् सानी भाग्’ यूनिटले सामाजिक कार्यमा पनि हात अगाडी बढाएको छ । अष्ट्रेलियामा करिब ६ ठाउँबाट प्रदर्शन गरि उठेको रकम बिहिवार राजधानीमा एक कार्यक्रमका बिच ब्लड क्यान्सर पिडीत ७ बर्षिय बालिका रेजिना पौडेललाई हस्तान्तरण गरिएको छ ।

अष्ट्रेलियाबाट नारायण पन्थी र विष्णु चापागाईँले पठाएको रकम राजधानीमा पत्रकार सम्मेलन गर्दै ७ बर्षिय बालिका रेजिना पौडेललाई चलचित्रकी नायिका केकी अधिकारी र नायक सविन श्रेष्ठले १ लाख ६६ हजार २ सय १५ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै चलचित्रकी नायिका केकी अधिकारीले भाग् सानी भाग् आफुले अभिनय गरेको चलचित्र भन्दा फरक बनेको बताउँदै चलचित्रले दर्शकको मन जित्ने बताइन । चैत ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र भाग् सानी भाग् लाई नवल नेपालले निर्देशन गरेका हुन् ।

त्यस्तै सोहि कार्यक्रममा बोल्दै चलचित्रका निर्माता चेतन सापकोटाले चलचित्र भाग् सानी भाग् दर्शकहरुको रोजाईको चलचित्र बनेको बताए । यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ ।

साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बनेका यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu