झुटो कसम खाएपनि ध्रुवकै हुन चाहन्छिन् पवित्रा, ‘आवेग’को गीत रिलिज (भिडियो)



aabeg-song
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
चैत्र १२ मा रिलिज हुने नेपाली चलचित्र ‘आवेग’को नयाँ गीत रिलिज भएको छ । मिलन अमात्यको स्वरमा रहेको ‘चाहे झुटो कसम खाउँ’ बोलको गीत सार्वजनिक गीतमा धिरज श्रेष्ठको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

गीतमा चलचित्रकी नायिका पवित्रा आचार्य र ध्रुव दत्त फिचरिङ छन् । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ । चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् ।

चलचित्रका निर्देशक निरौला ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu