बलिउड अभिनेत्री श्रद्धा कपुर कपुर अहिलेकी व्यस्त र सफल अभिनेत्री हुन् । ‘आशिकी २’ चलचित्र सफल भएपछि उनलाई बलीउड चलचित्रले राम्रैसँग मोहनी लगाइदियो । त्यसपछि ‘एविसिडी २’, ‘एक भिलेन’ लगायतका केहि चलचित्रमा अभिनय गरिसकेकी श्रद्धा अहिले टाइगर श्राफसँग ‘वाघी’ नामक चलचित्रको छायांकनमा व्यस्त छिन् ।
यो बलीउडस्टार सलमान खान अभिनित चलचित्रको रिमेक हो । यो चलचित्रमा श्रद्धा र टाइगरको लिप किस पनि समावेश छ । यही चलचित्रमा नायिका कपुर हट अवतारमा देखिएकी छिन् । सार्वजनिक भएको एक तस्बिरमा श्रद्धा कपुरलाई विकिनीमा देखाइएको छ ।