ठुलोपर्दा डटकम, काठमाण्डौ।
वैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएर प्रचार गरिएको चलचित्र ‘रोल्पा रोग’ एक साता पछाडि धकेलिएको छ । उक्त मितिमा अन्य दुई चलचित्र पनि प्रदर्शन हुने भएपछि निर्मातालाई मार नपरोस भन्ने हेतुले रिलिज सारेको निर्माण टिमले बताएको छ ।
नयाँ रिलिज मितिअनुसार चलचित्र अब बैशाख २४ गतेबाट देशब्यापी प्रदर्शनमा आउनेछ । दश बर्षे सशस्त्र युद्धको जग मानिने रोल्पाको सामाजिक कथा समावेश चलचित्रलाई दीपक ओलीले निर्देशन गरेका हुन् । चलचित्रमा सुशील पोखरेल, शिशिर भण्डारी, जनक घर्तीमगर, बिनु खड्का, रामबाबु आक्रोश, कश्मिर रसाईंली, मुकुन्द भुषाल, जोन योञ्जनलगायतले अभिनय गरेका छन् ।
ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो चलचित्रको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् ।
ट्रेलर: