वैशाख २४ मा राजधानी र जेष्ठ ७ मा मोफसलमा ‘उहिले बाजेको पालामा’



Uhileko-Bajeko-Palama-release-date
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘उहिले बाजेको पालामा’ अब वैशाख २४ गतेबाट काठमाण्डौ भित्र र जेठ ७ गतेबाट काठमाण्डौ बाहिरका हलमा रिलिज हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर पनि सार्वजनिक गरिएको थियो । नेपाली कला, संकृती र मौलिकता बोकेको चलचित्र ‘उहिले बाजेको पालामा’मा दिलिप रायमाझी, नविन श्रेष्ठ, कमल गाउँले, गणेश वेलवासे, खुश्वु खड्का, सपना रोक्का लगायतका कलाकारको अभिनय छ ।

सुनिल मानन्धर कार्यकारी निर्माता रहेको यो चलचित्रका निर्माता चेतन कोइराला हुन् भने यादव सैघाली यसका कार्यकारी निर्माता हुन् । कार्यक्रममा बोल्दै कलाकार गणेश वेलवासेले उहिलेको बाजेको पालामा हुने गरेका विभिन्न प्रचलन, संकृतीलाई यो चलचित्रले उठान गरेको बताए । यो चलचित्रमा लेखन तथा निर्माण गणेश बेलवासेको छ । त्यस्तै नायिका खुश्वु खड्काले यस्तो गहन बिषयमा बनेको चलचित्रमा काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको बताइन् ।

उनले आफु चलचित्र भित्र एउटी गाउँकी यूवती, जसमा पढ्न मन नलाग्ने यूवतीको भुमिका निभाएको बताइन । चलचित्रलाई बसन्त जीएमले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu