ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैंशाख १० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाटो मुनीको फूल २’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरुलाई उत्तिक्कै प्राथमिकतामा राखिएता पनि नायक दीलिप रायमाझीले ट्रेलरका अधिकाशं दृश्य खाएका छन् ।
ट्रेलरमा दीलिप रायमाझीको पाटोलाई विशेष देखाउन खोजिएको छ । एक्शन, लभस्टोरी, छुवाछुत, कुरुती लगायतको पक्षलाई ट्रेलरमा समाबेश गरिएका कारण केहि हदसम्म ट्रेलरले दर्शकहरुलाई भावुन बनाउन सक्छ ।
चलचित्रमा चर्चित गायक यसकुमार, भीम न्यौपाने, आशिष्मा नकर्मी, दिलिप रायमाझी, गायक तथा नायक बाबु बोगटी, ऋचा शर्मा, गणेश उप्रेती र शूभद्रा अधिकारीको प्रमुख भूमिका रहेको छ । चलचित्र ‘बाटो मुनीको फूल २’ रिदम फिल्म्सको ब्यानरमा बनेको हो भने यसको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।
ट्रेलर: