‘बाहुबली २’ र ‘रोबोट २’ एकसाथ प्रदर्शन हुने



robot-2-and-bahubali-2
२०१७ को अप्रिलमा रिलिज हुने भनिएका बहुचर्चित चलचित्र ‘बाहुबली’को दोस्रो भाग र रजनीकान्तको चर्चित ‘रोबोट’ दोस्रो भाग एकै दिन रिलिज हुने भएको छ । यो अहिलेसम्मकै चर्को भिडन्त हुने ठानिएको हो । ‘रोबोट २’ मा रजनीकान्तका साथ बलिउड स्टार अक्षय कुमार पनि मुख्य भूमिकामा छन् ।

३५० करोड भारुको बजेट भएको यो चलचित्र भारतको अहिलेसम्मकै सबभन्दा महंगो फिल्म हो । प्रभास, राणा दग्गुबत्ती, अनुश्का सेट्टी र तमन्नाको मुख्य भूमिका रहेको ‘बाहुबली’को पहिलो भाग आएदेखि नै दोस्रो भागको प्रतीक्षा गर्न थालिएको हो । यो चलचित्र अहिलेसम्म भारतमा बनेको सबभन्दा धेरै कारोबार गर्ने चलचित्र पनि हो ।

दुवै चलचित्र स्पेसल इफेक्ट र एनिमेसनमा नयाँ प्रयोग गरिएका चलचित्र हुन् । दुवै चलचित्रको निर्माण र निर्देशनमा दक्षिण भारतीय कलाकार प्राविधिक संलग्न छन् । ‘बाहुबली’का निर्देशक एसएस राजमौली हुन् भने शंकरले ‘रोबोट’को सिक्वेल निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu