फ्राईडे रिलिज: ‘नाईँ नभन्नू ल ४’ सँग ‘रामप्यारी’को लडाईँ



nai-nabhannu-la-4-and-rampyari
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्षका अन्तिम दुई बहुप्रतिक्षित चलचित्र ‘नाईँ नभन्नू ल ४’ र ‘रामप्यारी’ले देशव्यापी प्रदर्शन आरम्भ गरेका छन् । विकास आचार्यको निर्माण र निर्देशन रहेको ‘नाईँ नभन्नू ल ४’ सँग नायिका रेखा थापाको लगानी र निर्माणमा तयार भएको ‘रामप्यारी’को लडाई राम्रै हुने विश्लेषकहरुले अनुमान लगाएका छन् ।

नाईँ नभन्नू ल आँफैमा एक ब्राण्ड र रेखा थापा पनि आफैंमा एक ब्राण्ड भएका कारण दुवैं चलचित्रको व्यापार राम्रै तलमाथी हुने भएपनि दुवैले सफलता हासिल गर्ने बताइन्छ । म्युजिक भिडियोमा निकै रुचाइएको पल शाहले ‘नाईँ नभन्नू ल ४’ मा नव नायिका बर्षा राउत र आँचल शर्मासँग रोमान्स गरेका छन् । आँचल र बर्षाको यो पहिलो चलचित्र हो । पल शाह, बर्षा राउत र आँचल शर्मासँगै यो चलचित्रमा सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, उत्तम केसी, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ, आकाश पल लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा पुरुषोतम प्रधानको छायाँकन, कपिल पराजुलीको कलर करेक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको नृत्य, उत्तम केसी र विरेन्द्र शर्मा प्रोडक्शन म्यानेजर, एलिस कार्कीको पाश्र्व संगीत, हिमाल केसीको द्धन्द्ध, मुकेश शाहको मिक्सिङ्ग, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको प्रोमो र विजय बस्याल र शान थापाको पोष्टर डिजाइन रहेको छ । त्यस्तै चलचित्रको गीत रचना विकास आचार्य, कृष्णहरी बराल, बसन्त सापकोटाको रहेको छ भने गीतमा राजेश पायल राई, सगुम पोखरेल, प्रल्हाद तिमल्सेना, प्रेम परियार, रजिना रिमाल र इन्दिरा जोशीको आवाज रहेको छ । विकास आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा एसोसिएट निर्देशकको रुपमा यस अघि नाईँ नभन्नू ल ३ निर्देशन गरेका मुस्कान ढकाल रहेका छन् ।

त्यस्तै यो चलचित्रसँग एकसाथ प्रदर्शनमा आएको सविर श्रेष्ठले निर्देशन गरेको रामप्यारीमा रेखाको साथमा सविन श्रेष्ठ, आश्मा डीसी र नव-कलाकार आभाष अधिकारीको मुख्य भूमिका छ । यो चलचित्रमा रेखा ट्याम्पु ड्राइभर महिलाको भूमिकामा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu