चार संगीतकारको एउटै स्वरमा ‘क्या अरम् अरम् यस पाली व्या अरम्’



4-sangeetkar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली सेनाको बहादुरीको गाथामाथि बन्ने लागेको चलचित्र सयपत्री को गीत रेकर्डिङ कार्य सुरु भएको छ । मंगलबार चेतन सापकोटाको मुख्य संगीतमा समावेश ‘क्या अरम् अरम् यस पाली ब्या अरम्’ बोलको गीत रेकर्ड गरिएको छ । उक्त गीतमा अहिलेका नाम चलेका संगीतकार महेश खड्का, बसन्त सापकोटा र हरी लम्सालले सामुहिक रुपमा स्वर दिएका छन् ।

गीतको शब्द भने संगीतकार सुरेश अधिकारीको हो । ‘क्या अरम क्या अरम, घरमा भन्छन्, यसपाली व्या अरम्’ बोलको उक्त गीतमा मुख्य स्वर भने रामचन्द्र काफ्ले र जुनु रिजालले दिएका छन् । उक्त गीत देशभक्त सैनिकहरुको व्यारेकमा गाइने गीत भएको संगीतकार सापकोटाले बताए । पछिल्लो समय संगीतकार संगीतकारहरु बिच दुरी बढ्दैं गइरहेको अवस्थामा हामीले यस्तो प्रयास गरेका हौं सापकोटाले अगाडी थप्दैं भने हामीले सबैलाई संगीतकारहरुको एकता पनि देखाउन खोजेका हौं ।

यो चलचित्र नयाँ बर्षपछि छायाँकनमा जानेछ । चलचित्र सयपत्रीको निर्देशन बबीभूपाल सिंहले गर्दै छन् । यसअघि चलचित्र ‘माला’ निर्देशन गरेका बबीको यो दोस्रो चलचित्र हो । चलचित्रमा सुरजसिंह ठकुरी, आकांक्षा कार्की, सन्दीप क्षेत्रीलगायतका कलाकार चयन भएका छन् । बाँकी कलाकारको चयन जारी रहेको निर्माण पक्षको भनाइ छ । राजेश श्रेष्ठको छायांकन, चेतन सापकोटासहित विभिन्न संगीतकारको संगीत रहने यो चलचित्रको निर्माण सुनिलकुमार श्रेष्ठले गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu