ठूलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले गोलमेच सम्मेलन गरि सेलिब्रेटी कार्डको विवाद टुंगो लगाईने बताएका छन् ।
वितरण हुने खबर पाएसँगै विवाद श्रृजना भएपनि नेपालको चर्चित दैनिक पत्रिका कान्तिपुरले समेत परिचयपत्र वितरणले कलाकारको अपमान गरेको भन्दै सम्पादकिय लेखेपछि यो बिषय थप चर्चामा रहेको थियो । आगामी हप्ता भित्र नै चलचित्र सम्बन्धित सबै संघसंस्थाका प्रतिनिधी तथा पत्रकारहरुको सहभागि रहने सम्मेलनबाट निष्कर्ष निकालिने बताईएको छ ।
केहि दिन अघि १३ जना कलाकर्मीलाई परिचयपत्र दिईएको थियो ।