सलमान खानको चलचित्र ‘सुल्तान’ यो बर्षको सबैभन्दा बढि चर्चामा रहेको चलचित्र हो । यतिबेला यो चलचित्रको छायांकन भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा चलिरहेको छ । यतिबेला यूपि सरकारको ध्यान सलमान तिर मोडिएको बताईएको छ ।
भारतिय पत्रिका Mid Day मा आएको खबर अनुसार सलमान र उनको टिमको सुरक्षार्थ १००० प्रहरी तैनाथ गरिएको छ । सलमान मंगलवार अबेर राती कडा सुरक्षाका बीच त्यहाँ पुगेका थिए । उनको साथमा २० बाउन्सर पनि थिए । सलमान आउने भएपछि हजारौँ मानिसको भिड लागेको थियो ।
यो बर्षको ईदमा रिलिज हुने यस चलचित्रमा सलमान ‘हरियाणा को शान’ रेस्लर सुलतान अली खानको भूमिकामा देखिनेछन् ।