प्रत्यूषा बनर्जीको जीवनीमा चलचित्र बन्ने



Pratyusha-movie
‘बालिका वधू’ सीरियलबाट आफ्नो पहिचान बनाएकी प्रत्यूषा बनर्जीको आत्महत्याले सारा ग्ल्यामर दुनिया चकित बन्यो । हरेकले यो जान्न चाहन्छन् कि यति सानो उमेरमा नै उनले किन संसारलाई अलविदा भनिन् ।

एक अंग्रेजी वेबसाइटमा छापिएको खबरअनुसार छिट्टै नै प्रत्यूषाको कथामा ठुलोपर्दाको चलचित्र बन्ने भएको छ । यस चलचित्रमा साउथ की एक्ट्रेस तनीषा सिंह प्रत्यूषाको भूमिकामा हुनेछिन् भने ब्वायफ्रेण्ड राहुलको भूमिकामा श्रवन राघव देखिनेछन् । यो चलचित्रकाई मुकेश नारायणले निर्देशन गर्नेछन् ।

बताईएअनुसार टिभि इन्डस्ट्रिकी चर्चित एक्ट्रेस प्रत्यूषा बनर्जीले आफ्नो ब्वायफ्रेण्ड राहुल राज सिंहसँग झगडा गरेपछि १ एप्रिलमा फाँसी लगाई आत्महत्या गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu