म रक्षक हुँ: प्रमोद दिप



pramod-deep
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ १४ मा रिलिज हुने नेपाली चलचित्र ‘एक्शन’का नायक प्रमोद दिपले चलचित्रमा आफु रक्षक भएको बताएका छन् । ‘चारजना मूख्य कलाकार मध्येमा एकजना मीडियाबाट, एकजना अनुसन्धानकर्ता, एकजना प्रशासनबाट र मैले अन्याय विरुद्द लड्ने भूमिका निभाएको छु’ उनले बताए ।

चलचित्रमा एक्शननै दमदार रहेको उनको दाबी छ । चलचित्र भित्र फरक-फरक प्रकारका एक्शनहरु समावेश गरिएको बताउँदै चलचित्रमा उनले स्टन्ट भने नभएको बताए ।

यो चलचित्रलाई राजु अर्यालले निर्देशन गरेका छन् । ‘एक्सन’मा शिव श्रेष्ठ, प्रमोद दिप, जेनिशा केसी लगायतको मुख्य भूमिका रहेको छ । चिरायु फिल्मसको ब्यानरमा शर्मिला तामाङ् र दिपेन्द्र कोइरालाले चलचित्र बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu