मलिना कसकी परी ? (भिडियो)



malina-joshi-and-maheshman
ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ मा रिलिज हुने नेपाली चलचित्र ‘द विनर’को ‘परी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा चलचित्रका कलाकारहरु मलिना जोशी, महेशमान श्रेष्ठ र मन्चिन शाक्य फिचरिङ् गरिएका छन् ।

अमित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा प्रविशा अधिकारी र किरण भुजेलको स्वर रहेको छ । कोरियोग्राफर कविराज गहतराज हुन् ।

अपराध र त्यसबाट उत्पन्न हुने असरहरुका बारेमा बनेको यस चलचित्रलाई हिक्मत बिष्टले निर्देशन गरेका हुन् । डायमण्ड स्टार फिल्मसको ब्यानरमा बनेको चलचित्रलाई श्रृजना शाह र विकास खरेलले निर्माण गरेका हुन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu