‘के म तिम्रो होइन र’को ‘पागल’ गीत रिलिज (भिडियो)



pagal

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसै साता रिलिज हुने नेपाली चलचित्र के म तिम्रो होइन र’को अर्को गीत रिलिज भएको छ । प्रताप दासको स्वर, आकाश अधिकारीको शब्द तथा संगीतमा तयार भएको ‘पागल पागल’ बोलको गीतको भिडियो चलचित्र प्रदर्शनमा आउनु भन्दा २ दिन अगाडि रिलिज गरिएको हो ।

आकाश अधिकारी निर्देशित यो चलचित्रबाट नायक आर्यन अधिकारी र नायिका मरिष्का पोख्रेलले डेब्यू गरेका छन् । अधिकारी ब्रदर्सको ब्यानर र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो चलचित्रलाई सुरेश अधिकारीले निर्माण गरेका हुन् ।

निर्देशक अधिकारीका अनुसार देशभरका करिब ७५ बढी हलमा यो चलचित्र रिलिज हुनेछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu