‘पशुपति प्रसाद’ र ‘छायाँ’ बिशेष चलचित्र घोषित



pashupati-prasad-chhayan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र विकास बोर्डले दुई नेपाली चलचित्र ‘पशुपति प्रसाद’ र ‘छायाँ’लाई बिशेष चलचित्र घोषणा गरेको छ । शुक्रवार आयोजित कार्यक्रममा बोर्डले मिति २०७२ बैशाख १ गतेदेखि २०७२ चैत्र मसान्तभित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएका नेपाली चलचित्रहरूलाई विशेष चलचित्र छनौटको लागि आवेदन आव्हानका लागि सूचना प्रकाशित गरेकोमा आवेदन पर्न आएका चलचित्रहरूमध्येबाट विशेष चलचित्र छनौट कार्यविधि, २०७२ को मापदण्ड अनुसार यि दुईवटा चलचित्रलाई बिशेष घोषणा गरेको हो ।

‘पशुपति प्रसाद’लाई टुकी आर्टस् प्रा.लि.को ब्यानरमा दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । यो चलचित्रमा खगेन्द्र लामीछानेको मूख्य अभिनय छ । बाल आवाजद्वारा निर्मित ‘छायाँ’का निर्देशक मनोज पण्डित हुन् । यो चलचित्रमा अनुप बराल, साइब्रत आचार्य लगायतको मूख्य अभिनय छ ।

२०७२ सालको ‘चलचित्र मञ्च’ नामक स्मारिकाको विमोचन
चलचित्र विकास बोर्डले नियमित रुपमा प्रकाशन गरिँदै आएको ‘चलचित्र मञ्च’ नामक पुस्तक पनि सोहि कार्यक्रममा विमोचन गरिएको छ । यस अंकको आकर्षणमा बोर्डबाट हालसम्म सम्पादित मुख्य-मुख्य कामहरू, बोर्डले २०६२ सालदेखि २०७२ सम्म आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान सम्बन्धी विवरण, बोर्डबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली, राष्ट्रिय चलचित्र नीति, २०७१, २०७२ सालमा सार्वजनिक प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रहरूको विवरण, बोर्ड स्थापनादेखि हालसम्मका कार्यसमिति पदाधिकारीहरूको नामावली, विदेशी चलचित्र निर्माताले नेपालमा चलचित्र छायाङ्कन सम्बन्धी विवरण आदि समावेश गरिएको छ ।

आषाढ १६ गते राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना कार्यक्रम

कार्यक्रममा चलचित्र विकास बोर्डले १६औं वाषिर्कोत्सवका अवसरमा यही २०७२ आषाढ १६ गतेका दिन विगतका वर्षमा झैं राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना कार्यक्रमका लागि तयारी शुरुवात गरेको जानकारी गरायो ।

स्नातक तहमा चलचित्र सम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध
नेपालमा चलचित्र सम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने एक मात्र कलेज ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज), काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विगत २०६१ सालदेखि हालसम्म चलचित्र विकास बोर्डबाट निरन्तररुपमा छात्रवृत्तिको व्यवस्था गर्दै आएकोमा यस बर्ष खुलातर्फ ५ जना विद्यार्थीहरू, र आरक्षणतर्फ ५ जना विद्यार्थीहरू (महिलातर्फ) २ जना विद्यार्थीहरू, आदिवासी जनजाति, मधेशी र दलिततर्फ (३ जना विद्यार्थीहरू) गरी बार्षिक १० जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराउने भएको छ । चलचित्र विकास बोर्डबाट २०६१ सालदेखि हालसम्म आइपुग्दा करिब ५६ जना विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu