आज आउँदैछ ‘लुट २’को टिजर, शुटिङ् सुरु नहुँदै हतार किन ?



Loot

ठूलोपर्दा डटकम, काठमाण्डौ।
निश्चल बस्नेतको डेब्यू निर्देशनको ‘लुट’ले एकाएक नेपाली चलचित्र प्रतिको सोच परिवर्तन गरिदियो । बिभिन्न रेकर्ड कायम गर्दै अगाडी बढेको ‘लुट’पछि नेपाली चलचित्र उद्योगमा निश्चल निर्देशकबाटै सेलिब्रेटी बने । जसरी कलाकारका फ्यान हुन्छन् त्यसैगरि उनका फ्यान बढे ।

अहिले त्यहि लुटको सिक्वल बन्दैछ । निश्चलले नै निर्देशन गर्ने ‘लुट २’ नामक यस चलचित्रको टिजर पनि आज नै रिलिज हुँदैछ, तर चलचित्रको छायांकन भने सुरु भएको छैन । केहि दिन पहिले टिजरकै लागि ‘लुट २’को केहि दृश्य छायांकन भएका थिए । निर्देशक बस्नेतले आफ्नो फेसबुकबाट आज टिजर रिलिज हुने जानकारी दिएका छन् ।

लुट’का सबै कलाकार ‘लुट २’मा छन् । सिक्वलमा भने केहि नयाँ अनुहार थपिने सम्भावना छ । लुटमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा लगायतका कलाकारहरुको अभिनय थियो । फागून १३ गते रिलिज हुने ‘लुट २’लाई नरेन्द्र महर्जन र माधव वाग्लेले बनाउँदैछन् । चलचित्र फ्लोरमा नजाँदै टिजर ल्याएर प्रचार-प्रसार सुरु गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu