अभिनेत्री सोनाक्षी सिन्हा पाकिस्तानी उपन्यास ‘कराची, यू आर किलिंग मी’मा आधारित बलीउड चलचित्रमा पत्रकारको भूमिकामा देखिँदैछिन् । २०१४ मा प्रकाशित पत्रकार-लेखक सबा इम्तियाजको कमेडी तथा क्राइम-थ्रिलर पुस्तकको केन्द्रमा कराचीमा रहने २० बर्षिया रिपोर्टर आयशा खानको कथा छ ।
यस उपन्यासमा आधारित यो चलचित्रको नाम हो ‘नूर’ । सबाले ट्विटरमा एक पोस्ट मार्फत खुशी व्यक्त गरेका छन् । उनले यो चलचित्रसँग जोडिएकी सोनाक्षी सिन्हाका बिभिन्न प्रकारका फोटो पोस्ट गरेका छन् । यो चलचित्रलाई भूषण कुमार र विक्रम मल्होत्राले बनाउँदैछन् ।