गोपीकृष्णमा ‘गाजलु’ बिवाद, हल नथपिएपछि लगाईएन चलचित्र



gajalu-premier
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता रोहित अधिकारीको जानकारीलाई आधार मान्ने हो भने ‘गाजलु’ले शुक्रवार पहिलो शोमा गजबको व्यापार गरेको छ । व्यापार त गजब भयो तर हट बिवाद सुरुमा नै निम्तियो । पहिलो शोमा ओभरफ्लो भएपनि अर्को हल नदिपछि चाहबिलस्थित गोपीकृष्ण मुभिजबाट ‘गाजलु’ निकालिएको छ ।

दिवा शोबाट चलचित्र निकाल्दै निर्माता रोहित अधिकारीले हल सञ्चालकको मनोमानीले आफुलाई र दर्शकलाई अन्याय भएको बताएका छन् । ‘दर्शकले ‘गाजलु’ खोजिरहेका छन् तर आधा दर्जन पर्दा रहेको हलमा पनि हामीलाई स्थान दिईएन्, बाध्य भएर दोश्रो शो मा नै फिल्म नै नलगाउने निर्णय गर्यौं’ रोहितले भने ।

गोपिकृष्ण मुभिजबाट यसअघि पनि धेरै निर्माताले आफुलाई अन्याय भएको बताउँदै आएका थिए । प्राय:जसो निर्माताबाट हिन्दि तथा अंग्रेजी चलचित्र लागेको बेला गोपीकृष्णले नेपाली चलचित्रलाई दोश्रो दर्जामा राखिएको भन्दै गुनासो आउने गरेको छ ।

बिहिवार साँझ भएको प्रिमियर भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu