दर्शकबाट घेरिए श्रृष्टी र सलोन (भिडियो सहित)



Shrristi-at-asta
ठुलोपर्दा डटकम, काठमाण्डौ।
शनिबार पहिलो शो छुट्ने समयमा काठमाण्डौको बालाजुस्थित अष्टनारायण हलमा ठुलो हुल निस्कियो । शुक्रबार रिलिज भएको ‘गाजलु’ हेरेर निस्किएका दर्शकले आफ्नै अगाडी चलचित्रका कलाकार सलोन बस्नेत देख्दा थामिनै सकेनन् । सेल्फी लिनेको घुईँचोले एकैछिन ट्राफिक जाम समेत भयो ।

त्यसको केहिबेरमा आइन् नायिका श्रृष्टी श्रेष्ठ । उनि अर्को शो सुरु हुने बेला आइन् । उनले हल भित्रै पुगेर दर्शकसामु देखिइन् । हलमा उनलाई देखेपछि दर्शक निकै खुशी भएका थिए ।

‘गाजलु’ हेर्ने दर्शकको भिड देशैभरी भएको निर्माता रोहित अधिकारीले बताएका छन् । शुक्रवार मात्र झण्डै आधा करोडको ग्रस ब्यापार गरेको दावी गरेका रोहितले शनिबार झनै राम्रो हुने आशामा रहेको बताए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu