सलमानले भने, ‘अरिजीत को हुन् ?’



Arijit-and-salman-khan

सलमान खान र अरिजीत सिंहको विवादमा एक नयाँ मोड आएको छ । पछिल्ला केहि दिनदेखी चलचित्र ‘सुल्तान’को एक गीतलाई लिएर विवाद चलिरहेको छ । यसै सन्दर्भमा सलमानले भने, ‘अरिजीत को हुन् ?’

एक पत्रकार सम्मेलनमा जब सलमानसँग अरिजीत सिंहको गीत सुल्तानबाट हटाइने बारे प्रश्न उठ्यो, सलमानले भने, ‘यिनि को हुन् ? मैले चिन्दिन । के यिनि कुनै गायक हुन् ?’ सलमानले यो पनि भने की धेरै चलचित्रमा गायक परिवर्तन भइरहेका हुन्छन् । कति चलचित्रमा मेरो आवाज पनि हटाइएको हुन्छ । यसकारण कोहि निराश हुनुपर्दैन् ।

अरिजीतले फेसबुकमा मागेको माफीको बिषयमा सोधेको प्रश्नमा सलमानले भने, ‘उनको स्मार्ट कमेन्ट र पोस्टबाट थाहा हुन्छ की उनको उद्देश्य के थियो’ । अरिजीतले सलमानसँग माफी माग्दै सुल्तानबाट आफ्नो गीत नहटाउन अनुरोध गरेका थिए तर पछि उनले उक्त पोस्ट नै डिलीट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu