लुकामारीको व्यापार सुखद, हल-हलमा पुगे सौगात



Saugat-Malla-at-hall

ठूलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली अभिनेता सौगात मल्ल चलचित्रको प्रचार-प्रसारमा कमै सहभागी हुन्छन् । न त उनि मीडियामा छाईरहेका हुन्छन् न त उनि दर्शकक प्रतिक्रिया लिन हल पुग्छन् । तर, यसपटक भने सुखद खबर छ ।

अभिनेता मल्ल चलचित्र ‘लुकामारी’को प्रतिक्रिया लिन आँफै हल पुगेका छन् । उनी शनिबार काठमाण्डौको अष्टनारायण र वीग मुभिजमा पुगे । उनि आँफैले दर्शकसँग प्रतिक्रिया मागे । सौगातसँगै नायिका सुरविना कार्की पनि हल पुगेकी थिइन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रको कमेडी पक्षलाई दर्शकले बढि रुचाएका छन् । ‘लुकामारी’ले मल्टिप्लेक्समा भने धेरै शो पाएको छैन् । जति शो पाएको छ त्यसमा दर्शकको उपस्थिती राम्रो छ ।

सुरजमान सिंह भण्डारीको निर्माणमा तयार भएको यो चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । चलचित्रमा सौात मल्ल, कर्मा शाक्य, विक्रम सिंह थारु, रिश्ता बस्नेत, सुरविना कार्की लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu