हिन्दु नारी र श्रीमानको कथामा ‘ब्रासलेट’



bracelet-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ बाट देशबर रिलीज हुने नेपाली चलचित्र ‘ब्रासलेट’मा निर्देशक निर्मल शर्माले यो चलचित्रले हिन्दु नारीको प्रतिनिधित्व गर्ने बताएका छन् ।

चलचित्रका गीत र ट्रेलर सार्वजनिक गर्न चलचित्र विकास बोर्डको चलचित्र हलमा गरिएको एक कार्यक्रममा उनले ब्रासलेटले एक हिन्दु नारीले आफ्नो जीवनमा आईपर्ने बाधालाई कसरी ह्याण्डल गरेको छ भन्ने देखाउन खोजेको बताए । उनले चलचित्र पूर्ण मनोरञ्जनात्मक रहेको बताउँदै ‘ब्रासलेट’ सस्पेन्स, थ्रिल र एक्शनप्रधान रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका सुचना तथा सञ्चारमन्त्री शेरधन राईले चर्चित कलाकारहरुको उपस्थितीले ‘ब्रासलेट’ उत्कृष्ट रहने अपेक्षा गरे । उनले यो चलचित्रले समाजमा मनोरञ्जनका साथै सन्देश प्रवाह गर्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा चलचित्रको ब्राण्ड पार्टनरको रुपमा सहकार्य गरेको शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र कुमार गोयलको समेत उपस्थिती थियो ।

निर्माता केशव भट्टराईले यो सातौँ चलचित्र हो । उनले चलचित्रको बजार जे-जस्तो भएपछि निरन्तर चलचित्र बनाउँदै आईरहेका छन् । यो चलचित्राम रमेश उप्रेती, रजनी केसी लगायतका कलाकारहरुको प्रमुख भूमिका छ ।

साथै, ब्रासलेटको तेश्रो गीत यूट्युबमा सार्वजनिक भएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu