ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली फोटो पत्रकार श्रीधर पौडेलले नयाँ म्यूजिक भिडियो निर्देशन गरेका छन् । सुरज शाही ठकुरीको स्वर रहेको ‘माया तिमीलाई…’ बोलको गीतको उनि निर्देशित भिडियो इन्टरनेट तथा स्याटलाइट टेलिभिजनहरुबाट सार्वजनिक भएको हो ।
उदेश श्रेष्ठका शब्द तथा संगीतको यो गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका छन् । गायक ठकुरीको ‘संस्करण’ एल्बममा यो गीत समावेश छ । भिडियोमा भावना पुन तथा किरण लाकौलले अभिनय गरेका छन् ।
भिडियो: