ठुलोपर्दा डटकम, काठमाण्डौ।
आगामी भदौमा रिलीज हुने केहि नेपाली चलचित्र बिहिवार नै रिलीज हुने भएका छन् । बिदाको कारण देखाउँदै आपसी समझदारीमा ‘बिर बिक्रम’ लगायतका केहि चलचित्र एक दिन अगाडी नै रिलीज हुन लागेका हुन् ।
भदौ ३ अर्थात शुक्रबारबाट रिलिज हुने भनिएको चलचित्र ‘वीर विक्रम’ पनि अब एक दिन अगाडि सरेको छ । यो चलचित्र भदौ २ गते बिहिबारबाट रिलिज हुने निर्माता तथा निर्देशक मिलन चाम्सले बताएका छन् । उनले वितरकसँगको सल्लाहामा यो निर्णय गरेको बताए ।
दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुनको मुख्य भूमिका रहेको यो चलचित्र कमेडी, प्रेम, सस्पेन्स कथामा निर्माण भएको छ ।
यही दिन चलचित्र ‘चपली हाइट २’ पनि रिलिज हुने भएको छ । यस्तै, भदौ ९ गते बिहिबारबाट चलचित्र ‘झुम्की र शकुन्तला’ रिलिज हुँदैछन् ।