ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो साता दुई नेपाली चलचित्र रिलीज भएका छन् । राजु शाहको निर्देशनमा बनेको ‘नमस्ते नेपाल’ र राजु गिरीको निर्देशनमा बनेको ‘जिस्म’ रिलीज भएका हुन् ।
बिहिबार साँझ चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा ‘नमस्ते नेपाल’को विशेष शो समेत गरिएको थियो । यो चलचित्रको पूर्ण छायांकन यूरोपमा बिभिन्न देशमा गरिएको छ । चलचित्रले नेपालको राष्ट्रियता झल्काउने ढाका टोपी, बुद्धको जन्मस्थल तथा सगरमाथाको प्रसंग जोडेको छ ।
बेल्जियम बस्ने नेपाली यूवा र वेल्जियमकी यूवतीबीचको प्रेम, रोमान्सले चलचित्र भरपूर छ । ‘नमस्ते नेपाल’मा सविन श्रेष्ठ, श्याम श्रेष्ठ, र बेल्जियमकी कलाकार आनाको प्रमूख अभिनय छ ।
‘नमस्ते नेपाल’सँगै अर्चना पनेरुको प्रमूख अभिनय रहेको नेपाली चलचित्र ‘जिस्म’ रिलीज भएको छ ।