ठुलोपर्दा डटकम, काठमाण्डौ।
यतिबेला चलचित्र ‘वीर विक्रम’को व्यापक चर्चा छ । चलचित्रमा दयाहाङ् राई, नजिर हुसेन, अर्पण थापा, अनुप बिक्रम शाही, दिया पुन लगायतका कलाकारहरुको दमदार अभिनय रहेको बताईन्छ । मिलन चाम्स निर्देशित यो चलचित्र भदौ ३ गते रिलीज हुँदैछ ।
चलचित्रका प्रमूख कलाकार नजिर हुसेनले यसपाली हसाउँदैनन् मात्र, उनले मजाले रुवाउने पनि छन् । हामीसँगको कुराकानीको क्रममा नजिरले यसपटक आफुले मजाले रुवाउने बताएका छन् । उनले भनेका छन्, ‘म दया दाईसँगै मजाले रोएको छु, मसँग दर्शक पनि रुनुहुनेछ’ ।
‘पुन्टे परेड’बाट चलचित्र अभिनयमा आएका नजिर त्यसअघि नै नाटकमा भने अब्बल दर्जाका थिए । उनले ‘होस्टल रिटर्न्स’मा रामेश्वर यादवको भूमिकामा अभिनय गरेपछि चौतर्फी चर्चा भएको थियो ।
हेर्नुहोस् उनिसँग गरिएको रमाईलो कुराकानी: