बलीउड मेगास्टार अमिताभ बच्चन आगामी चलचित्र ‘पिंक’मा वकिलको भूमिकामा छन् तर, उनले आफुले कहिल्यै अदालतको सामना गर्न नपरोस भन्ने आशा लिएका छन् ।
चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा अमिताभले भने, ‘म भारतको अदालतको कुनै कोठामा पुगेको छैन । म आशा गर्छु कि मलाई कहिल्यै अदालत जान नपरोस् । बोफोर्स मामलामा आरोप लागेपछि आफ्नो बचाउको लागि लण्डन कोर्टमा म गएको थिएँ । केवल त्यहि समयमा नै मैले अदालत देखेको थिएँ’ ।
मेगास्टारले भनेका छन् कि ‘पिंक’का फिल्मकारको खोजको पुरा भरोषा थियो तरपनि सहयोगको लागि फिल्डमा एक वकिल थिए ।