‘बिजुली मसिन’ ट्रेलर सार्वजनिक



Bijuli-Machine

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपालकै पहिलो साइस फिक्सन दावी गरिएको चलचित्र ‘बिजुली मसिन’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए । ‘फिल्मले नयाा आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,’ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’

कार्यक्रममा नेपाली कााग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले युवापुस्ताहरुले नयाा कथामा फिलम निर्माण गरेकोमा खुशी व्यक्त गर्दै फिल्मको विषय आफ्ना लागि नौलो भएको बताए । नेपाली कााग्रेसका अर्का केन्द्रीय सदस्य गगन थापाले पछिल्लो समयमा नेपाली फिल्ममा बदलाव आएको बताउादै युवाहरुले चुनौतिपूर्ण किसिमले विज्ञानको कथामा फिल्म बनाएको भन्दै तारिफ गरे । कार्यक्रमका अन्य वक्ताले युवाहरुको प्रयासको सराहना गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फूटबलर विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवकेशिल नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।

सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । फिल्ममा नायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन् ।

फिल्ममा रिसव आचार्य, सञ्जिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको लगानी छ । नविनकै लेखनमा तयार भएको फिल्म आगामी भदौ ३१ गतेबाट अल नेपाल रिलिज हुादैछ । निर्देशक नविन विज्ञापन निर्माणमा पनि सक्रिय छन् ।

तस्वीरः महेश्वरमान सिंह

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu