ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३ गते देशव्यापी रिलीज हुने नेपाली चलचित्र ‘वीर विक्रम’मा दयाहाङ् राई, अर्पण थापा, नाजिर हुसेन, अनुप विक्रम शाही जस्ता कलाकारको अभिनय हुनुले यो चलचित्र रिलीज अगावै चर्चामा छ ।
यो चलचित्रबाट एक नयाँ कलाकारले रजतपटमा पाईला टेकेकी छिन् । उनि हुन्, दिया पुन । दिया बेलायतमा बस्छिन् । बेलायतमा नै रहने भएपनि उनले नेपाली चलचित्रलाई कर्म बनाउने लक्ष्य लिएकी छिन् ।
हामीसँगको कुराकानीमा ‘वीर विक्रम’ निर्देशक मिलन चाम्सले दिया नयाँ भएपनि शसक्त कलाकार रहेको बताएका छन् । उनले चलचित्रका कलाकार सबै शसक्त अभिनयका धनि हुनु चलचित्रको सबल पक्ष रहेको बताए ।
हेर्नुहोस् मिलनसँगको कुराकानी: