ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायिका रेखा थापा र गायक प्रह्लाद तिमिल्सिनाको स्वरमा रहेको नेपाली चलचित्र ‘लालजोडी’को गीत रिलीज भएको छ । ‘माँ कसम’ बोलको यस गीतमा लक्ष्मण सुवेदीका शब्द तथा थानेश्वर गौतमको संगीत रहेको छ ।
गीतमा हाँस्यकलाकार तथा ‘लालजोडी’का प्रमूख कलाकार ज्योती काफ्ले र नायिका रजनी केसीको अभिनय छ । यो गीतमा नायिका केसी बोल्ड लुक्समा देखिएकी छिन् ।
यो चलचित्र भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने छ । चलचित्रमा अधिकांश हाँस्य कलाकारलाई अभिनय गराइएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको लालजोडीको गीतमा राजेशपायल राई, मनिषा पोखरेल, रेखा थापा, प्रलाद तिमल्सिना, युवराज चौलागाईंको आवाज रहेको छ । ‘लालजोडी’मा रामेश्वर कार्कीको छायांकन रहेको छ ।
गीत हेर्नुहोस्: