राजा सलहेसको कथामाथि फिल्म घोषणा, ३ करोड अनुमानित बजेट



Salhesh

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मिथिलामा राजा जनकपछिको प्रादुर्भाव भएका व्यक्तित्व राजा सलहेसको कथामाथि चलचित्र घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमकाबीच १५ सय वर्ष अघिको ऐतिहासिक कथा माथि चलचित्र बन्ने घोषणा गरिएको थियो ।

राजा सलहेसको गाथामाथि ‘सलहेसः द पिपुल्स हिरो’ नामक आवधिक फिल्म निर्माण हुने भएको हो । भोर कम्पनीप्रा.लिको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई अमितेश साहले निर्देशन गर्ने भएका छन् । उनको यो पहिलो फिचर फिल्म हुनेछ । भारतको दिल्लीस्थित एशियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनबाट फिल्म मेकिङ पढेका अमितेश सन् २००० देखि अडियो-भिज्युअल मिडियामा कार्यरत छन् । ६० भन्दा बढी नाटकको निर्देशन गरिसकेका अमितेशले सर्ट फिल्म ‘कमला’बनाएका छन् जुन चलचित्रले अन्तराष्ट्रिय अवार्ड समेत जितेको छ ।

करिब तीन करोड अनुमानित बजेट राखिएको यो फिल्मको छायांकन धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सुनसरी, मोरड., झापा, चितवन र भारतका स्थानहरु हुने निर्माता महतोले जानकारी दिए । यो फिल्ममा सलहेस, रेशमा, कुसमा, दौना, करिकन्हा, मोतीराम, बुधेसर लगायत ऐतिहासिक पात्रहरुमात्र हुनेछन् । फिल्मका कलाकारहरु पक्का भइसकेका छैनन् ।

यो फिल्ममा कथा डा. राजेन्द्र विमल, संवाद महेन्द्र मलगिंया र पटकथा निर्देशक शाहकै रहनेछ । त्यसैगरी फिल्ममा सुनिल-प्रवेशको संगीत, डा. विमल, अशोक दत्त र इश्वर दाहालको गीत रहने कार्यक्रममा जानकारी दिइयो । ऐतिहासिक फिल्म भएकाले भिएफएक्सको पनि प्रयोग गरिने निर्देशक शाहले बताए । भिएफएक्स सुपरभाइजर र स्टोरी बोर्डमा अनुपम शाह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu