६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा नेपाल पनि सहभागि हुँदै



ठुलोपर्दा डटकम, काठमाण्डौ। पाकिस्तानको मोर्यांसगो फिल्मस् ले आयोजना गर्दै आएको ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलमा यसपाली देखी नेपाल पनि सहभागि हुने भएको छ। विश्वका बिभिन्न १४ देशको सहभागिता रहेको यो महोत्सव २०१४ सुरुवातीमा सम्पन्न हुनेछ।

‘तपाईँको कथा अव संसारले हेर्नेछ’ भन्ने मुल नारा लिएर नेपालको तर्फबाट ओपन स्पेस नेपालले ६० सेकेण्ड इन्टरनेशनल फिल्म फेस्टिवलको जिम्मेवारी लिएको छ। यो महोत्सवको सञ्चार सहकार्यतामा ठुलोपर्दा डटकम रहेको छ। २०१३ को डिसेम्बेर अन्तिमसम्ममा नेपाली चलचित्रहरु महोत्सवमा सहभागिताको लागि पठाईसक्नुपर्नेछ। यो महोत्सवबाट फिल्म बनाउन ठूला क्यामरा अनि नाम चलेका स्टार नै चाहिन्छ भन्ने धारणा परिवर्तन हुने उक्त महोत्सवका कन्ट्रि डाइरेक्टर अब्दुस मियाँले बताए। ‘मोबाइल, अनि कुनै पनि क्यामराबाट उत्कृष्ट फिल्म बनाउन सकिन्छ भन्ने सोचका साथ नेपाल लगायत बिभिन्न १४ देशमा ६० सेकेण्ड ईन्टरनेशनल फिल्म फेस्टिबल हुंदै छ’ मियाले बताए।
60 second
यो महोत्सवमा सहभागि हुनका लागि १ मिनेटको चलचित्र बनाउनुपर्नेछ। जुनसुकै क्यामेराले जुनसुकै फर्म्याटमा पनि चलचित्र खिच्न सकिनेछ। चलचित्र बनाउन केहि क्षेत्रहरु पनि छुट्टाईएको छ। जसमा, द्वन्द्व, प्रजातन्त्र, जातिय सद्भाव, पानी, श्रृजनात्मक, शान्ति, साइन्स फिक्शन, व्यंग्य, वातावरण, देशका रंगहरु, सहिष्णुता आदि बिषयहरु रहेका छन्।

चलचित्रलाई सिधै ईमेलमा चलचित्र पठाउन सकिनेछ। जसको लागि अफिसियल ईमेल [email protected] रहेको छ। नेपाल च्याप्टर अन्तर्गत कुनै समस्या वा जानकारी आवश्यक परे [email protected] मा सम्पर्क गर्न सकिनेछ।

[tabs tab1=”Nepal in 60 Seconds International Film Festival”]

[tab]

Thuloparda.com, Kathmandu- Nepal is taking part in 60 Seconds International Film festival organized by Morango Films, Pakistan. 14 countries word-wide are participating in the festival which planned so far will end in early 2014.

Open Space Nepal is taking responsibility to organize the Nepal chapter of 60 Seconds International Film festival with the slogan “The world will watch your story now”. Thuloparda.com is supporting the Nepal Chapter of this festival in media promotion. Participants are supposed to submit their films till the end of December 2013. “This festival is going to change the concept that demands highly technical cameras and film stars to make films ” says the Country Director of 60 Seconds International Film Festival Mr. Abdus Miya. He adds, “This festival is going to be organized in Nepal and 14 countries simultaneously with the idea that good films can be made even using the camera from cellphone and small video cameras.”

One has to make a minute long film within or related categories provided to participate in the festival. Peace, Interfaith, water, creative, fiction, comedy, environment, democracy, innovation, colors of your country, conflict and tolerance are the categories in which film makers can submit the films.

Films can be directly submitted by emailing at [email protected] . Any kind of queries and information can be taken from [email protected]

[/tab]

[/tabs]

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu