आना र आशिरमान स्टारर ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज (भिडियो)



काठमाण्डौ। भाद्र २ गते रिलीज हुने नेपाली चलचित्र ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नव-नायक आशिरमान देशराज श्रेष्ठको ‘एंग्री लुक्स’ देख्न सकिन्छ ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टार कथामा आधारित फिल्मको ट्रेलरमा आशिरमानलाई धमाकेदार एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा आना शर्मा र आशिरमानको रोमान्स पनि समेटिएको छ ।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’लाई आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक बनाउने प्रयास गरेको बताएका छन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ ।

मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बिसीको निर्माण छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu