आठबर्षपछि एकसाथ देखिए आर्यन र रेखा, हेर्नुहोस् ‘रुद्रप्रिया’का पोस्टर



काठमाण्डौ। आठ वर्षपछि एकसाथ स्क्रिन शेयर गरेका नायक आर्यन सिग्देल र नायिका रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’का केहि पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन पोस्टरमा आर्यन र रेखालाई देखाईएको छ ।

टौवा क्रियशनबाट निर्मित पोस्टरमा नायिका रेखा थापा फरक अन्दाजमा प्रस्तुत भएकी छिन् । यसअघिका अधिकांश चलचित्रका पोस्टरमा रेखा एक्सन अवतारमा देखिने गरेकी थिइन् । उनले चलचित्रमा आफ्नो शैली परिवर्तन गरेको पोस्टरले जनाउछँन् ।

‘रुद्रप्रिया’का निर्देशक सुदीप भूपाल सिंह हुन् । सरस्वती थापा निर्माता रहेको फिल्म ‘रुद्रप्रिया’ का कार्यकारी निर्माता रमेश पौडेल हुन् । चलचित्रका सिनेमाट्रोग्राफर सञ्जय लामा हुन् ।

यो चलचित्र कार्तिक २ गते लक्ष्मी पुजाको दिन रिलीज हुनेछ । चलचित्रका गीतमा अर्जुन पोख्रेल, राजनराज सिवाकोटी र सुरेश अधिकारीको संगीत रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu