आयो ‘धुम २’को ट्रेलर, दर्शक हसाउँने जयकिशनको ग्यारेन्टी (भिडियो)



काठमाण्डौ। अभिनेता जयकिशन बस्नेतको लेखन, नृत्य निर्देशन, निर्माण र निर्देशनमा बनेको नेपाली चलचित्र ‘धुम २’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो ।

कार्यक्रममा चलचित्रका मुख्य कलाकारसमेत रहेका जयकिशनले फिल्म पूर्ण रुपमा कमेडी शैलीमा बनेको बताए । ‘हामीले फिल्मको नारा नै मनोरञ्जनको शत प्रशित ग्यारेन्टी राखेका छौं । त्यसकारण पनि फिल्म दर्शकका लागि रुचीकर हुनेछ’, उनले भने, ‘नारी प्रधानतालाई प्राथमिकता दिएकाले पनि फिल्म दर्शकले मनपराउनेछन् ।’

यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेकी नायिका सिर्जना भट्टराईले आफू छुच्ची चरित्रमा अभिनय गरेको बताइन् । अर्का अभिनेता शोभित बस्नेतले फिल्म रमाइलो किसिमको खलचरित्रमा देखिने खुलाए । चलचित्रमा कलाकारसमेत रहेका चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले दर्शकले एउटा पूर्ण मनोरञ्जन प्रदान फिल्म हेर्न पाउने जनाए ।

ट्रन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ ‘बादल’लगायतका कलाकारको अभिनय छ ।

तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu