दोहामा प्रदर्शन हुँदै ‘रोमियो’



नेपाली चलचित्र ‘रोमियो’को पहिलो प्रदर्शन कतारको दोहामा हुने भएको छ । यही शनिबार कतारमा चलचित्रको भव्य शो हुन लागेको निर्माता तथा नायक हसनराजा खानले बताए ।

मुस्लिमहरुको महान चाड बकर इदको अवसर पारेर चलचित्रको प्रदर्शन कतारमा गर्न लागिएको हो । नेपालमा भने यो चलचित्र कार्तिक १७ गते रिलीज हुनेछ ।

निर्माता खानका अनुसार, दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजेबाट चलचित्र प्रदर्शन हुनेछ । आइतबार पनि सोही समयमा चलचित्रको प्रदर्शन हुनेछ । चलचित्रको प्रदर्शनका लागि हसन कतार पुगिसकेका छन् । तीन हजार भन्दा बढी दर्शकले चलचित्र हेर्ने अपेक्षा गरिएको छ ।

शंकर कार्कीको निर्देशनमा बनेको ‘रोमियो’मा हसनराज खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनु लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu