‘फिर्के’को गीत रिलीज (भिडियो)



काठमाण्डौ। ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ । ‘चट्टै’ बोलको गीतमा रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ भने सुबाष भुषालको संगीत तथा लेखु सहयात्रीका शब्द छन् ।

गीतको भिडियोमा सुलेमान शंकर ‘ईकु’ र नव-नायिका क्रिष्टिना पौडेलको नृत्य रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।

पौष १४ गते रिलीज हुने ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्रलाई २७ बर्ष कला क्षेत्रमा रहेर काम गरेका रवि डंगोलले निर्देशन गरेका छन् । छ वटा नेवारी (नेपाल भाषा)का चलचित्रहरु निर्देशन गरेर तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रविले पहिलो नेपाली भाषाको चलचित्र निर्देशन गरेका हुन् ।

यसअघि ‘ईकु’ र ‘ईकु २’ चलचित्रका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेका छन् । यो चलचित्रका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि. गुरुङ्को सम्पादन तथा राम कुमार केसीको छायांकन रहेको छ । चलचित्रलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu