प्रि–स्कुल स्यानफोर्टको केकीले गरिन् उद्घाटन



भारतको प्रख्यात स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा सञ्चालनमा आएको छ । काठमाडौंको विशालनगर मार्गमा स्थापना भएको स्यानफोर्ट प्रि–स्कुलको शनिवार प्रहरी अनुसन्धान ब्युरो (सिआइबि) प्रमुख डिआइजी पुस्कर कार्की, अभिनेत्री केकी अधिकारी र सैनफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक एस के राठौरले संयूक्त रुपमा उद्घाटन गरे ।

प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समुहका प्रबन्ध निर्देशक राठौरले यस स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिन बताए । भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पुर्‍याउँदै आएको छ ।

नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि यो स्यानफोर्ट प्रि–स्कुल स्थापना गरिएको हो । स्यानफोर्ट स्कुल समुहअन्तर्गत भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क रहेको छ । यसले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिम प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu