‘ह्याप्पी न्यू ईयर’को ‘तिमी नै मेरो’ गीत रिलिज (भिडियो)



पुष १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यू ईयर’ रोमान्टिक गीत रिलिज भएको छ । ‘तिमी नै मेरो’ बोलको गीतमा टंक बुढाथोकी र मेलिना राईको स्वर समावेश छ । गायक टंक स्वयमको यस गीतमा शब्द तथा संगीत रहेको छ ।

डिकेशको नृत्य निर्देशन रहेको यो गीतमा कुशल थापा र सन्ध्या केसी फिचर छन् । आरके एम प्रोडक्सनको व्यानरमा निर्मित चलचित्रमा राती थापाको लगानी छ ।

लभस्टोरी जनराको यो चलचित्रमा कुशल थापा, पुकार गौतम, संध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ ।

देवकुमार श्रेष्ठ निर्देशित ‘ह्याप्पी न्यु ईयर’मा अस्ट्रेलियन छायाँकार बेन्जामिन ड्रेको छायाँकन, विनोद ढकाल र टंक बुढाथोकीको संगीत र कुशल थापाको कथा छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu