आमा बन्दै नीशा, सार्वजनिक गरिन् यस्तो फोटो



नेपाली क्रिकेट टोलीका चर्चित खेलाडी शरद भेषवाकरसँग यसै वर्ष विवाह गरेकी नायिका नीशा अधिकारी आमा बन्ने भएकी छिन् । नीशाले आफू आमा बन्न लागेको भन्दै आफ्नो फेसबुकमा तस्बिर सार्वजनिक गरेकी छिन् ।

उनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको भन्दै खुशी व्यक्त गरेकी छिन् । उनले यो कुरा शेयर गरेपछि उनलाई उनका फ्यान र आफन्तले वधाई दिइरहेका छन् ।

हाल अमेरिकामा रहेकी नीशाले मंसिर १ गते प्रदर्शनमा आएको चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu