र्‍याम्पमा प्रशान्त ताम्राकारदेखि एलिजा धमलासम्म



द क्रिएसन इन्स्टिच्यूट अफ फेसन डिजाइनले जेठ २५ गते शुक्रवारका दिन अन्नपूर्ण होटलमा ‘फेसन नोभा २०१८ : सिजन ७’ आयोजना गर्ने भएको छ ।

द क्रिएसनले आइतबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिए अनुसार उक्त फेसन शोका लागि अडिसनमार्फत छनोट भएका मोडलहरुलाई कोरियोग्राफर प्रशान्त ताम्राकार तथा कलाकार रक्षा श्रेष्ठले मोटिभेसनल तथा ग्रूमिङ क्लास लिइरहेका छन् ।

फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यवसायिक रुपमा विकास गर्नका लागि द क्रिएसनले यो फेसन शो आयोजना गर्न लागेको संस्थाकी अध्यक्ष मनिता थापाले बताएकी छिन् । फेसन शो मार्फत डिजाइनरहरुको खुबीलाई प्रस्फुटन गरिने फेसन शोकी संयोजक जेनिफर बज्रँचार्यको भनाइ छ ।

फेसन शाका लागि डिजाइनरहरु निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, बिना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले आकर्षक पहिरनहरु तयार पारिरहेका छन् ।

डिजाइनरहरुले फेसन शोका लागि विभिन्न सात वटा थिममा विशेष डिजाइन तयार पारिरहेका छन्, जसमा ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिष्टिक, ब्राइडल तथा कक्टेल वेयरका विशेष डिजाइन हुने छन् ।

सात जना सेलिब्रेटीहरु कलाकार रेनुका सिंह ठकुरी, अभिनेत्री तथा मोडल ज्योत्सना योगी, अभिनेता पृथ्वीराज प्रसाईं, अन्तर्राष्ट्रिय मोडल दीपक घिमिरे, अभिनेत्री एलिजा धमला, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल निलम चन्द तथा अभिनेता/कोरियोग्रँफर प्रशान्त ताम्राकारले ती सात वटा थिममा सिक्वेन्स स्टपर्सको रुपमा क्याटवाक गर्ने छन् । फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सको रुपमा प्रस्तुत हुने छिन् ।

फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरिरहेकी छिन् भने मेकअप आर्टिष्टको रुपमा निलम पौडेल रहने छिन् । राइज म्युजिकका बिनोद सिंहले फेशन शोलाई व्यवस्थापन गर्ने जिम्मा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu