प्वाल नपरेको एउटै “झोला” | चितामा जिउँदै जलेको ईतिहास



नकुल अर्याल।
—————————————————————————————————————————————————
[one_half last=”no”][dropcap]सा[/dropcap]हित्यकार कृष्ण धरावासीलाई कहिलेकाहीँ प्रदर्शनी मार्गतिर भेट्दा उनले बोक्ने गरेको झोलामा आँखा पुगेकै हुन्थ्यो । एकजना सफल लेखकको झोलामा के होला ? के धरावासी र झोला भनेका वात्सायान् र काग भनेझैं हुन् ? यस्तै लाग्थ्यो ।

झोलाका लेखक कृष्ण धरावासीसंग पंक्तिकार
झोलाका लेखक कृष्ण धरावासीसँग पंक्तिकार अर्याल।

“सतीले सरापेको देश”ले सती जन्माउन छाडेको त धेरै भइसक्यो । तर ईतिहासमा चितामा जलाइएर बनेका सतीहरु र वर्तमानमा मनोविज्ञानले जलाएर बनाइएका सतीहरुको अवषेश यो समाजमा जिवीत नै छ । तिनै हिजो जलेर सती भएकाहरुको कथालाई साहित्यका कृष्ण धरावासीले “झोला”मा हालेको धेरै वर्षपछि झोलाको रुप फेरिएको छ । पढ्ने “झोला” यतिबेला श्रव्यदृश्य भएको छ । केही दिनपछि देशभरका सिनेमा हलहरुमा धरावासीको “झोला” खोलिनेछ । सोमबार काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटनमा प्रदर्शन भएपछि “झोला” मा के होला ? भन्ने मेरो जिज्ञासा मेटिएको छ ।

कथाको रुपमा झोला धेरैले पढिसकेका छन् । चलचित्रका रुपमा आएको झोला पनि माघ २४ देखी देशभर प्रदर्शनमा आउँदैछ । राम्रो नेपाली चलचित्र बन्न छोडेको धेरै भइसक्यो । असफल चलचित्रहरुको भीडमा सफल भनिएका केही चलचित्रहरुमा नेपाल भेटिदैन । भाषामा कहीँकतै नेपाली मिस्सिएको हुन्छ, दृश्यमा अलिकति नेपाल देखिन्छ, कथामा थोरैमात्रै नेपालीपन हुन्छ र पनि तिनै चलचित्र सफल नेपाली ठहरिन्छन् । अब उप्रान्त एउटा सफल चलचित्र कस्तो हुन्छ भनेर सायदै समीक्षकले लेखिरहनुपर्ला । [/one_half]नेपाली चलचित्र कस्तो हुनुपर्छ भनेर सायदै दर्शकका प्रतिक्रिया बुझ्नुपर्ला । नेपाली चलचित्रमा नेपाल देखाउन के गर्नुपर्छ भनेर छलफल गरिरहनु नै पर्नेछैन । वर्षमा २–४ झोला तयार पार्न नेपाली चलचित्र उद्योग सफल भयो भने त्यति काफी हुनेछ ।

झोलाले पितृसत्तात्मक समाजमा जिउँदै जल्नुपर्ने नारीको पीडालाई जस्ताको तस्तै प्रस्तुत गरेको छ । चलचित्रमा तत्कालीन समाजमा पनि सतीप्रथाको विरोध हुने तर त्यसलाई दबाएरै राख्ने गरिएको यथार्थलाई पनि लुक्न दिइएको छैन । ठेट पहाडे परिवेश र दैनिकीलाई पर्दामा उतार्न निर्देशक सफल भएका छन् ।

पहाडी खस समाजको परिवेशलाई झोलाले न्याय गरेको छ । चलचित्रको निर्देशनमा यादवकुमार भट्टराईले गरेको मेहेनत प्रसंशायोग्य छ । झोलाको कथा जसरी हाम्रो मौलिक हो त्यसरी नै चलचित्रका दृश्य, भाषा र पात्रमा मौलिकता भेटिन्छ । आफूभन्दा ४० वर्ष जेठो पतिको पत्नीको भूमिकामा नायिका गरिमा पन्त जमेकी छिन् । चलचित्रका सबै कलाकारहरुले आ–आफ्नो भूमिकालाई न्याय गर्छन् । प्राविधिक रुपमा क्यामेरा, सम्पादन र ध्वनिमा खोट लगाउने ठाउँ भेटिदैन ।jhola8

अन्त्यमा, धरावासीको झोलामा के होला ? भनेर सोच्ने मजस्ता धेरैले उनको झोला चलचित्र हेरेपछि धेरै कुरा थाहा पाउछन् । त्यहाँ एउटा युग छ, नेपाली समाजको यथार्थ छ, । नेपाली नारीहरुको पीडा त अवश्य छ संगसंगै विद्रोहको चेत पनि छ ।

सारमा झोलाभित्र नेपाल छ, वास्तविक नेपाली कथा छ । झोलाभित्र जे छन् त्यसले त यसलाई एउटा उत्कृष्ट चलचित्र बनाएकै छ, यसमा नभएको कुराले पनि यसलाई सर्वोत्कृष्ट बनाउनेछ, किनकी झोलामा प्वाल छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu