पाँच विवाहित ऱ्याम्प मोडलले सन् २०२१ मा कति कमाए ?



काठमाडौं। पछिल्लोसमय विवाहित महिलाहरु पनि ऱ्याम्प फेशन सोमा चम्किएका छन् । ब्युटी पेजेन्टबाट आएका महिलाहरु ऱ्याम्प फेशन क्याटवाकमा परिपक्क हुने गरेकाले पनि उनीहरुको डिमान्ड ऱ्याम्प फेशन वाकमा बढेको हो । उनीहरुको डिमान्ड बढेसँगै आम्दानी पनि राम्रो हुन थालेको पाईएको छ । विभिन्न इभेन्टहरु गर्दै आएको संस्था विलक्षण क्रियशनले सार्वजनिक गरेको एक तथ्यांकअनुसार सन् २०२१ मा विवाहित ऱ्याम्प मोडलहरु मध्य कमाईको हिसाबले उत्कृष्ट ५ मोडलको कमाई यहाँ प्रस्तुत गरिएको छ ।

विवाहित महिलाकै लागि लक्षित फेशनहरुमा विवाहित महिला मोडलकै बढी डिमान्ड हुने गरेको हो । यस्तै केही समय यताबाट फेशन क्याटवाकमा उच्च डिमान्ड रहेकी मोडल छिरिङ डोल्मा शेर्पा हुन् ।

उनी मिसेस नेपाल टुरिजम २०१९ को बिजेता हुन् । उनी मोडलिङमा सक्रिय रहँदै आएको एक दशक पुगिसकेको छ । तर उनी मिसेस नेपाल टुरिजम २०१९ को विजेता भएपछि छिरिङको ऱ्याम्प मोडलिङमा माग निकै बढेको छ । सोही कारण विवाहित महिला ऱ्याम्प मोडलमा नेपालकी सर्वाधिक व्यस्त र महँगो मोडलको रुपमा उनी चिनिएकी छिन् ।

हालसम्म दर्जन भन्दा बढी नेपाली ऱ्याम्पमा फेशन शो र केही अन्तराष्ट्रिय प्रतियोगिताको ऱ्याम्प शोमा पनि मोडलिङ गरिसकेकी छिरिङले ऱ्याम्प मोडलिङ, म्युजिक भिडियो, विभिन्न ब्रान्डका एम्बसडर, स्टेज प्रस्तुती तथा अन्य आर्थिक आर्जन हुने क्रियाकलापबाटै वर्षमा करिब १२ लाख रुपैयाँ कमाउने गरेकी छिन् ।

यस्तै ऱ्याम्प फेशन सोमा छिरिङपछि डिमान्डको हिसाबले दोश्रो स्थानमा रहेकी विवाहित मोडल चन्दा थापा गिरी हुन् । मिसेस नेपाल इन्टरनेशनल २०१९ की बिजेता रहिसकेकी चन्दा त्यो भन्दा अघिबाटै फेशन मोडल रहँदै आएकी थिईन् । मोडल चन्दाले पनि हालसम्म दर्जन भन्दा बढी ऱ्याम्प फेशन शोमा क्याटवाक गरिसकेकी छिन् । पछिल्लो समय ऱ्याम्प मोडलिङ, स्टेज कोरियोग्राफीमा समेत आफुलाई व्यस्त राख्न थालेकी चन्दाले मोडलिङबाटै वार्षिक १० लाखसम्म कमाउने गरेकी छिन् ।

यस्तै ऱ्याम्प फेशन सोमा तेश्रो स्थानमा रहेकी विवाहित र्याम्प फेशन मोडल स्नेहा राउत थापा हुन् । उनी मिसेस नेपाल इन्टरनेशनल २०१९ की सेकेन्ड रनरअप हुन् । यो उपाधि जितेपछि स्नेहाको डिमान्ड पनि ऱ्याम्प मोडलिङमा बढेको हो । त्यस अघि मिसेस भैरहवाको समेत उपाधि जितेकी उनले भैरहवामै बसेर पनि फेशन सोमा ऱ्याम्प मोडलिङ गर्दै आएकी थिईन् । फेशन शोबाट वार्षिक ९ लाख रुपैया कमाउने स्नेहाले विदेशमा पनि ऱ्याम्प क्याटवाक गरिसकेकी छिन् ।

विवाहित महिला मोडलहरु मध्य ऱ्याम्प फेशन शोमा छाउँदै आएकी अर्की मोडल रजनी थापा हुन् । उनी कमाईको हिसाबले चौथो स्थानमा रहेकी छिन् । मिसेस हेरिटेज इन्टरनेशलन २०१५ की बिजेता उनी सो उपाधि बिजेता बनेपछि ऱ्याम्प मोडलिङमा छाउन थालेकी हुन् । रजनीले पनि नेपालसँगै अन्तराष्ट्रिय स्टेजमा ऱ्याम्प मोडलिङ गरिसकेकी छिन् । उनले फेशन शो, ब्रान्ड एम्बसडर तथा क्याटवाक गरेर वर्षमा ७ लाख ६० हजार रुपैयाँसम्म कमाउने गरेकी छिन् ।

ऱ्याम्प फेशन शोमा पाँचौं स्थानमा रहेकी विवाहित मोडल गोमा अधिकारी धिताल हुन् । फेशन स्टाईलिस्ट समेत रहेकी गोमा मिसेस टुरिजम एम्बेस्डर २०१९ बिजेता पनि हुन् । अन्तराष्ट्रिय ब्युटी पेजेन्ट तथा फेशन शोमा आफ्नो प्रस्तुति पस्किसकेकी गोमाले पनि एक दर्जन भन्दा बढी फेशन शोमा मोडल भएर क्याटवाक गरिसकेकी छिन् । फेशन ऱ्याम्प मोडलिङबाट आफ्नो वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको पनि उनले बताईन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu