एचटीभी फिल्मी खबर ‘डी’ सिनेमा अवार्डको मनोनयन सार्वजनिक



D-Cine-Award-070ठुलोपर्दा डटकम, काठमाण्डौ। आगामी कात्तिक १० गते हुने ‘पाचौं एचटीभी फिल्मी खबर ‘डी’ सिने अवार्ड २०७०’को विभिन्न विधामा परेका चलचित्रकर्मी तथा कलाकारहरुको मनोनयन सार्वजनिक गरिएको छ । आइतवार राजधानीमा आयोजित एक पत्रकार सम्मेलन मार्फत आयोजक छाँयाछवी क्रिएसनले विभिन्न ३२ विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

सार्वजनिक सुचिमा उत्कृष्ट नायकमा आर्यन सिग्देल र अर्का नायक जीवन लुइटेलसंगै अभिनेता अर्पण थापा, सौगात मल्ल र भुपेन चन्द को नाम सार्वजनिक भए पनि मुख्यत्: जीवन र आर्यन बीच प्रतिष्पर्धा हुने धेरैको अनुमान छ । त्यस्तै उत्कृष्ट नायिकाको मनोनयनमा नायिका रेखा थापा, नीता ढुंगाना, निशा अधिकारी, दीया मास्के र सुमिना घिमिरे परेका छन् ।

संगसंगै उत्कृष्ट चलचित्रमा रिदम, फेसबुक, मायाज बार, नोटबुक र ‘के म तिम्रो साथी बन्न सक्छु’ परेका छन् भने उत्कृष्ट निर्देशकमा विकास आचार्य, सुरज सुब्बा नाल्बो , दिनेश डीसी, योगेश घिमिरे र सविर श्रेष्ठको नाम समावेश छ । यस्तै उत्कृष्ट सहअभिनेतामा विल्सन विक्रम राई, मुकेश आचार्य, उत्तम प्रधान, सुवास थापा, विपिन कार्की मनोनयनमा परेका छन् । उत्कृष्ट सहअभिनेत्रीको सूचिमा सरिता गिरी, करिश्मा मानन्धर, श्वेता भट्टराई, रिमा विश्वकर्मा र सौजन्य सुब्बाको नाम छ । एचटीभी फिल्मीखबर डी सिने अवार्ड’ नाम दिइएको यो अवार्डका लागि ५१ वटा चलचित्र प्रतिस्पर्धामा छन् ।

कार्यक्रममा छायाछाबी क्रिएसनका अध्यक्ष शान्तिप्रियले डिजिटल प्रविधिका राम्रा राम्रा फिल्म बनाउन नयाँ पुस्तालाई प्रोत्साहन मिलोस् भनेर अवार्ड गरिएको बताए । ‘अवार्डले फिल्मकर्मीको मनोबल बढ्छ’ उनले भने,‘त्यसकारण राम्रा किसिमका फिल्म बनाउने अभियानमा अवार्डले साथ दिनेछ ।’

अवार्डमा प्रतिस्पर्धामा परेका चलचित्रलाई निर्देशक मोहन निरौला, चलचित्र पत्रकार विजयरत्न तुलाधर, संगीतकार सन्तोष श्रेष्ठ र छायांकार सवनम मुखियाले मुल्यांकन गरेका थिए । निर्णायक मण्डलले गरेको मुल्यांकनको आधारमा बिभिन्न ३२ विधामा अवार्ड प्रदान गरिनेछ ।
मनोनयनमा परेका सम्पूर्ण विधाको बिस्तृत विवरण यस प्रकार छ :
d-award-1
d-award-2

d-award-3

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu