‘नायक’ बन्ने पालो फेरी अनिल कपुरको, बिषय भने फरक !



anil-kapoor-in-nayak-returnठुलोपर्दा डटकम, मुम्बई। भारतीय अभिनेता अनिल कपुरले उनको आगामी चलचित्र ‘नायक २’ आफ्नो पुरानो चलचित्र ‘नायक’को अर्को भाग (सिक्वेल) नभएको बताएका छन् । उनले पत्रकारहरुसँग यो एकदमै ताजा र फरक विषयमा बनेको चलचित्र रहेको प्रष्ट पारेका हुन् ।

सन् २००१ मा बनेको चलचित्र ‘नायक’ राजनितिक द्वन्द्व थ्रिलरमा बनेको चलचित्र थियो । जसमा कपुर, रानी मुखर्जी र अम्रिश पुरीले अभिनय गरेका थिए । उक्त चलचित्र तमिल फिल्म ‘मुधलवन’ को रिमेक थियो ।

‘अब ‘नायक २’ आउन लागको छ, तर यो कुनै चलचित्रको सिक्वेल होइन’, कपुरले भने, ‘मैले भर्खरै ‘नायक-२’ मा साइन गरे र अब यो प्रोजेक्टलाई राम्रोसँग सफल पार्नु मेरो दायित्व बनेको छ ।’ चलचित्रका पात्रहरु पहिलाकै भएपनि कथावस्तु भने पुर्ण रुपमा फरक रहेको उनले जानकारी दिए ।

कपुरले आफु अर्को अभिषेक शर्माको निर्देशनमा बन्न लागको चलचित्र ‘शर्माजी का एटम बम्ब’ मा पनि देखिन लागको बताएका छन् । कमेडी रहेको उक्त चलचित्र यही वर्षको अन्तिममा रिलिज हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu