पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दियो प्रहरीलाई अनुमति, मलेसिया जाने श्रमिकको बायोमेडिकल शुल्क असुलीसम्बन्धी अनुसन्धान



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

टोपी र सूट लगाएका एक व्यक्ति बैठकमा बसेका

शुक्रबार अदालतमा पेस गरिएका अर्यालमाथि थप अनुसन्धान गर्न चार दिन थुनामा राख्ने अनुमति प्रहरीलाई दिइएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत उनलाई शुक्रबार नै अदालतमा उपस्थित गराएको थियो।

मलेसियाको वैदेशिक रोजगारीमा जाने श्रमिकबाट बायोमेडिकल सेवा शुल्क असुली गरिएको विषयको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।

भारतमा पक्राउ परेका अर्यालाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो। यही प्रकरणमा प्रहरीले यसअघि दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu