अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरहरूका लागि आयोजना गर्‍यो तीनदिने ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’, बिक्री लक्ष्य हासिल गर्ने डिलरहरू सहभागी



काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना उत्कृष्ट डिलरहरूका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न भएको छ। डिलरहरूसँगको व्यावसायिक सम्बन्धलाई थप आत्मीय बनाउने उद्देश्यले तीनदिने धार्मिक तथा पर्यटकीय यात्रा आयोजना गरिएको कम्पनीले जनाएको छ।

मुक्तिनाथ मन्दिर परिसरमा 'मुक्तिनाथ दर्शन यात्रा २०८३' को ब्यानर समातेका डिलरहरू
मुक्तिनाथ मन्दिर परिसरमा ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ को ब्यानरसहित सहभागी डिलरहरू

गत जेठ र असारमा सञ्चालित विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत तोकिएको बिक्री लक्ष्य हासिल गर्न सफल डिलरहरूलाई यस यात्रामा सहभागी गराइएको थियो। तीन दिनको यात्रामा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए।

कम्पनीका अनुसार व्यावसायिक साझेदारको योगदानको सम्मान गर्दै सम्बन्ध सुदृढ बनाउन यस्ता प्रोत्साहनमूलक कार्यक्रम आयोजना गरिँदै आएको छ। गुणस्तरीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने सहयात्रीका रूपमा कम्पनीले डिलरहरूलाई हेर्दै आएको जनाएको छ।

वार्षिक एक मिलियन टन उत्पादन क्षमता रहेको अर्घाखाँची सिमेन्टले डेनिस भर्टिकल रोलर मिल (VRM) प्रविधि र वेस्ट हिट रिकभरी सिस्टम (WHRS) प्रयोग गरेर उत्पादन क्षमता र ऊर्जा दक्षता बढाएको जनाएको छ। साथै, धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर (ESP) प्रणाली प्रयोग गरी स्वच्छ र सुरक्षित कार्य वातावरण कायम गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ।

कम्पनीले आगामी दिनमा पनि व्यावसायिक साझेदारसँगको सम्बन्धलाई प्राथमिकता दिँदै यस्ता कार्यक्रम निरन्तरता दिने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: thuloparda@gmail.com

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu