काठमाडौं । शुक्रबार पनि नेप्से परिसूचक घटेको छ। कारोबार सकिँदा नेप्से ८.५७ अंकले घटेर २६२८.१७ विन्दुमा बन्द भएको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार त्यो घटेर ४ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यस दिन ३५३ वटा धितोपत्रको एक करोड ३१ लाख ९८ हजार ७५७ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ। १७ कम्पनीको मूल्य स्थिर रहेको छ।
एनआइसी एसिया बैंकको मूल्य सबैभन्दा बढी ६.०८ प्रतिशतले बढेर प्रतिकित्ता २५६ रुपैयाँ २० पैसा पुगेको छ। माण्डु हाइड्रोपावरको मूल्य ४.७६ प्रतिशतले बढेर प्रतिकित्ता ८८० रुपैयाँ कायम भएको छ।
अर्कातिर, सोपान फार्मास्युटिकल्सको मूल्य सबैभन्दा बढी ५.३७ प्रतिशतले घटेर प्रतिकित्ता ५५५ रुपैयाँ ५० पैसामा झरेको छ। सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को मूल्य ५.२६ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ १९ पैसामा सीमित भएको छ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक शुक्रबार पहिलो स्थानमा रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता २८७ रुपैयाँमा २४ करोड ९९ लाख रुपैयाँको कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०.०७ प्रतिशतले बढी हो। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको २७८ रुपैयाँ ९० पैसामा २१ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
शुक्रबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ र निर्जीवन बीमा समूहको परिसूचक बढेको छ भने बाँकी ११ समूहको घटेको छ।


